- श्री कृष्ण अधिकारी
B.Sc.Ag., 8th Sem
रामपुर क्याम्पस
नेपाल एउटा भुपरिव्यस्थित देश र एउटा कृषि प्रधान देश जहाँका वहुसंख्यक जनताको जीविकोपार्जन को मुख्य आधार नै कृषि रहेको छ। राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको कृषि क्षेत्र को अवस्था निकै कमजोर रहेको छ। नेपालको अर्थतन्त्र र यहाँको कृषि अवस्था को मुल्यांकन गर्ने हो भने एकदमै समानान्तर सम्बन्ध रहेको पाइन्छ। देशमा राजनीतिको स्थिति तरल अवस्थामा हुनु ले पनि देशले अहिले सम्म बिकास को कोल्टो फेर्न सकेको छैन।बिगत १० -१२ वर्ष यता देश बिकासको बाटो हैन बिनाश को बाटोमा धकेलिदै आएको विभिन्न तथ्यांकले पुस्टि गरेको छ। २०११ को तथ्यांक अनुसार नेपाल मा अझै पनि गरिबीको रेखामुनी ३०.९ प्रतिशत जनता परेका छन्। राष्ट्रको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.९ प्रतिशत रहेको छ। तसर्थ देश को आर्थिक अवस्था मा सुधार ल्याउन नेताहरुले बोल्ने क्रान्ति होइनकि कृषि क्षेत्रमा प्रयोगात्मक क्रान्ति को साच्चिकै आवश्यक छ।

![]() |
परम्परागत रुपमा खेति |
![]() |
प्रांगारिक खेतीको अवलंबन |
प्रांगारिक कृषि स्थानीय प्रविधि, स्थानीय स्रोत साधनमा आधारित भई दिगो कृषि प्रणाली भएकाले स्थानिय उत्पादकलाई स्थायित्व प्रादान गर्न सहयोग पुग्दछ प्रांगारिक खेति प्रणालीबाट हुने सकारात्मक प्रभावहरु:
- माटोको भौतिक एवं गुणस्तरमा सुधार
- पशुपंक्षीलाई प्रांगारिकयुक्त दाना खुवाउँदा उत्पादनमा दिगो एवं सुधार
- स्वस्थ वर्द्दक कृषि उत्पादन
- भू-संरक्षण तथा जलाधार संरक्षणमा सहयोगी
- दिर्घकालिन प्रयोगमा उत्पादनमा बृद्दि तथा कम खर्च
- जलवायु परिवर्तनलाई कम असर
- सुख्खा एवं खडेरीको अवस्थामा पनि प्रभावकारी हुने
गाईवस्तु को मलको प्रयोग |
नेपालमा अझै पनि ६० % कृषि क्षेत्र पूर्ण रुपमा परम्परागत खेति प्रणालीमा आधारित रहेको छ। यसलाई उत्पादन बृद्दिको लागि प्रांगारिक सिद्दान्तमा आधारित भई सामान्य सामान्य सुधार गरी उत्पादन बृद्दि गरि संचालन गर्न सकेमा हाम्रो कृषि उत्पादनले विश्व व्यापारमा प्रवेश पाउन सक्ने थियो। हाम्रो कृषि विकास मा ढिलो विकास र औजारिकरण मा कमि हुनाले तथा गरिबीको कारण रासायनिक पदार्थको कम उपयोग लाई अब हामी अवसरको रुपमा रुपान्तरण गर्न सक्नु पर्छ यही प्रांगारिक खेति को सहायताले। नेपालको अधिकांश उत्पादन अन्तराष्ट्रिय बजारमा मन पराइयेका छन्। विश्व बजारमा नेपालको अदुआ, चिया, लशुन, आलैंची, मह तथा थुप्रै जडिबुटी को राम्रो
![]() |
प्रांगारिक घ्युकुमारी खेतिको अवलोकन गर्दै |