आँखा आँखा जुध्न खोज्दा झस्किने त्यो बानी मिठो
मुसु मुसु मुस्काउदै मस्किने त्यो बानी मिठो।
बिपनिमा साथ हुँदा लजाएर भाग्ने तिमी
सपनीमा हाजिर भई जिस्किने त्यो बानी मिठो।।
गफगाफलाई मोथिकन प्रेमका कुरा निकाल्न
सामु तिम्रो आउन खोज्दा तर्किने त्यो बानी मिठो।।
स्नेह र प्रेमलिलाका नया भाका सुनाउंदा
तार्कि तार्कि हिडेर फर्किने त्यो बानी मिठो।।
गन्तब्य एउटै हो हाम्रो साथ देउ भन्दा
अघि अघि बढेर पर्खिने त्यो बानी मिठो।।