Tuesday, February 26, 2013

नेपालमा प्रांगारिक कृषिको अवस्था र आवश्यकता

                                                                                                 - श्री कृष्ण अधिकारी
                                                                                                     B.Sc.Ag., 8th Sem
                                                                                                      रामपुर क्याम्पस

नेपाल एउटा भुपरिव्यस्थित देश र एउटा कृषि प्रधान देश जहाँका  वहुसंख्यक जनताको जीविकोपार्जन को मुख्य आधार नै कृषि रहेको छ। राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको कृषि क्षेत्र को अवस्था निकै कमजोर रहेको छ। नेपालको अर्थतन्त्र र यहाँको कृषि अवस्था को मुल्यांकन गर्ने हो भने एकदमै समानान्तर सम्बन्ध रहेको पाइन्छ। देशमा राजनीतिको स्थिति तरल अवस्थामा हुनु ले पनि देशले अहिले सम्म बिकास को कोल्टो फेर्न सकेको छैन।बिगत १० -१२ वर्ष यता देश बिकासको बाटो हैन बिनाश को बाटोमा धकेलिदै आएको विभिन्न तथ्यांकले पुस्टि गरेको छ। २०११ को तथ्यांक अनुसार नेपाल मा  अझै पनि गरिबीको रेखामुनी ३०.९ प्रतिशत जनता  परेका छन्। राष्ट्रको  कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४.९  प्रतिशत रहेको छ। तसर्थ देश को आर्थिक अवस्था मा सुधार ल्याउन नेताहरुले बोल्ने क्रान्ति होइनकि कृषि क्षेत्रमा प्रयोगात्मक क्रान्ति को साच्चिकै आवश्यक छ।
परम्परागत रुपमा खेति 
कृषि बिकास को लागि अब कृषि मा दिगो विकास को अवधारणा अबलम्बन  गर्नु  आबश्यक देखिन्छ। कृषिको दिगो विकास संकल्प बोकेको दिर्घकालिन कृषि योजनाको अवधारणा अनुरुप कृषि लाई जीविकोपार्जनको आधारमा मात्र सिमित नराखी व्यवसाय को रुपमा पनि विकास गर्ने रहेको छ। कृषि लाई यसरी व्यवसायमुखी बनाउन सकिएमा कृषि एउटा सफल उध्योग को रुपमा बिकाश हुने थियो साथसाथै स्वोरोजगार सिर्जना हुनेथियो र युवा को विदेश पलायनमा पनि कमि आउनेथियो।

प्रांगारिक खेतीको अवलंबन 
कृषि विकास लाई दिगो बनाउन का निम्ति  सबैभन्दा बढी महत्वोपुर्ण तत्व मध्यको प्रांगारिक खेति (Organic Farming) पनि एक हो । प्रांगारिक कृषि (Organic Agriculture)भन्नाले प्राकृतिक खेति प्रणालीमा आधारित कृषि उत्पादन पद्दति हो। प्रकृति पद्दति , हावा पानी , खाध्य पदार्थमा आधारित भई बाली बिरुवा तथा जीव-जन्तुको बृद्दि विकास गर्नु र त्येसैमा आधारित भई कृषि जन्य वस्तुको उत्पादन गर्नु नै प्रांगारिक कृषि पद्दति हो। रासायनिक मल, रासायनिक विषादी, बिरुवा वर्द्दक रसायन (Plant Growth Hormone), रासायनिक सामग्री, परिमार्जित अनुबंशीय जात जाति (Genetically Modified Organism-GMO) र पशुपंक्षीको लागि हानिकारक औषधि तथा हर्मोन र दानामा बृद्दी वर्द्दक तत्वहरुको प्रयोग बिना उत्पादन गरिने कृषि प्रणाली  नै प्रांगारिक कृषि हो।  



प्रांगारिक कृषिका फाईदाहरु :
प्रांगारिक कृषि स्थानीय प्रविधि, स्थानीय स्रोत साधनमा आधारित भई दिगो कृषि प्रणाली भएकाले स्थानिय उत्पादकलाई स्थायित्व प्रादान गर्न सहयोग पुग्दछ प्रांगारिक खेति प्रणालीबाट हुने सकारात्मक प्रभावहरु:
  • माटोको भौतिक एवं गुणस्तरमा सुधार 
  • पशुपंक्षीलाई प्रांगारिकयुक्त दाना खुवाउँदा  उत्पादनमा दिगो एवं सुधार 
  • स्वस्थ वर्द्दक कृषि उत्पादन 
  • भू-संरक्षण तथा जलाधार संरक्षणमा सहयोगी 
  • दिर्घकालिन प्रयोगमा उत्पादनमा बृद्दि तथा कम खर्च 
  • जलवायु परिवर्तनलाई कम असर 
  • गाईवस्तु को मलको प्रयोग 
  • सुख्खा एवं खडेरीको अवस्थामा पनि प्रभावकारी हुने 
यसैगरी नेपाल विश्व व्यापार संगठन( WTO)को सदस्य भईसकेको अवस्थामा अ-प्रांगारिक कृषि उत्पादनको प्रतिस्पर्धामा जान नसक्ने अवस्थामा प्रांगारिक कृषि उत्पादन हाम्रो लागि विश्व बजार प्रवेशको लागि  सहज हुने देखिन्छ। 

नेपालमा अझै पनि ६० % कृषि क्षेत्र पूर्ण रुपमा परम्परागत खेति प्रणालीमा आधारित रहेको छ। यसलाई उत्पादन बृद्दिको लागि प्रांगारिक सिद्दान्तमा आधारित भई सामान्य सामान्य  सुधार गरी उत्पादन बृद्दि गरि संचालन गर्न सकेमा हाम्रो कृषि उत्पादनले विश्व व्यापारमा प्रवेश पाउन सक्ने थियो। हाम्रो कृषि विकास मा ढिलो विकास र औजारिकरण मा कमि हुनाले तथा गरिबीको कारण रासायनिक पदार्थको कम उपयोग लाई अब हामी अवसरको रुपमा रुपान्तरण गर्न सक्नु पर्छ यही प्रांगारिक खेति को सहायताले। नेपालको अधिकांश उत्पादन अन्तराष्ट्रिय बजारमा मन पराइयेका छन्। विश्व बजारमा नेपालको अदुआ, चिया, लशुन, आलैंची, मह तथा थुप्रै जडिबुटी को राम्रो
प्रांगारिक घ्युकुमारी खेतिको अवलोकन गर्दै 
भाउ पनि रहेको पाइन्छ।  नेपालमा धेरैजसो खेति प्रांगारिक हुने भएता पनि त्यसको प्रमाणीकरण हुन नसक्दा भने चाहि उचित मूल्य किसानीले  पाउन सकेका छैनन्। हाल सम्म नेपालमा १,६०० हे. जमिनमात्र प्रांगारिक खेति गरेको प्रमाणीकरण भएका छन्। अहिले जनचेतनाका कारण पनि मानिस २ -४ पैसा बढी तिरेर भएपनि प्रांगारिक उत्पादन नै खोज्ने गर्दछन। तसर्थ नेपालमा प्रांगारिक खेति को विस्तार गर्न सके कृषि क्षेत्र मा राम्रो उन्नति हुने मैले देखेको छु। राम्रो बजार र राम्रो मूल्य हुने भएकाले पनि आजभोलि हाम्रा किसान  दाजुभाई हरुमा यो पद्दति बढी लोकप्रिय हुदै गएको छ। 




1 comment: