Monday, February 25, 2013

गजल

नयनबाट अश्रुधारा बगे गला भिजिएर।

तिमीले दिएका दुख: पिडा बसे आज मिसिएर।।


शिशिरलाई छेकिदिने  न्यानो माया तिम्रो।

तिर्खै नमेटी बिलिन भो मनै देखि चिसिएर।।


चन्द्रमालाई सजाको थिंए  तिमीलाई दिन्छु भनि।

जाँतो मुनि  धुलो  भई  गयो रहर पिसिएर।।


भिड छोडी एकान्तमा सास फेर्न खोज्दा खेरी।

न्याउली पनि मलाई हेरी गायो  गीत गिजिएर।।


क्यानभासमा झैं रंगाउदै थिए जिन्दगीलाई सजाएर।

बिग्रिई गयो  रंगजति पानाभरी फिजिएर।।


No comments:

Post a Comment