Monday, December 31, 2012

गजल

घरिघरि नयनभरि सपनीमा छाउनु किन
बल्झिएको यो मुटुमा माया फेरि लाउनु किन।।

मलाई छाडी धेरै टाढा लगिसकेपछि पनि
स्नेह र प्रेमको मधुर गीत गाउनु किन।।

मुटुभरी घाउ दिई तड्पाएर गएपछि
मलम बनि मनको बाटो फेरि धाउनु किन।।

निराशाले भरिएको अँध्यारो यो जिन्दगीमा
आशाको दियो बोकी समिप मेरो आउनु किन।।

भुलाउने कोसिस मा छु पलहरु सबै म
अब मैले छाती भित्र  तिमिलाई पाउनु किन।।

No comments:

Post a Comment