Friday, March 8, 2013

गजल

खेल हो जिन्दगी सफल हारेर हुँदैन
ज्ञान र धर्मका कुरा यहाँ पारेर हुँदैन।।

भावनाको कदर होइन पैसाको मूल्य ठुलो
यहि छ कटु-सत्य यथार्त टारेर हुँदैन।।

छेपाराको के कुरा  मान्छे फेर्छन रंग अनेक
दया र करुणा को बिउ यहाँ सारेर हुँदैन।।

जे गरेनी जसो गरेनी चल्छ  यहाँ
कपटी र धुर्त्याईंलाई  बार बारेर हुँदैन।।

चाकरी र चाप्लुसी धेरै मौलएपछी
साहास र मेहनत अब खारेर हुँदैन।।

                                            -   श्रीकृष्ण अधिकारी 

No comments:

Post a Comment